बिएल संवाददाता
अमेरिका आउने तल्लो बाटो भएर अमेरिका छिरेका सात नेपाली युवाहरू देश निकाला गरिएका छन्। अमेरिकाको होमल्याण्ड डिपार्टमेन्टले विमान चार्टर गरेर नेपाल डिपोर्ट गरिएका नेपालीहरूको यो पछिल्लो लट हो । यो लटमा अमित डिसी, चन्द्र अग्री,जनार्दन रिजाल,सञ्जय भण्डारी,कमल बिक,अमृत पौडेल र रुपसिंह बिसी रहेका छन्। त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनीहरुलाई अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्यूरोलाई जिम्मा लगाएको छ।
उनीहरू मानव तस्कहरूलाई कम्तिमा पनि ५० लाख तिरेर अनेक कष्ट ब्यहोर्दै ६ महिनाअघि अमेरिका छिरेका थिए। अमेरिका छिरेपछि नेपाली राहदानीलगायतका सबै कागजात फालेर शरण मागेका उनीहरू अमेरिकी शरणार्थी क्याम्पमा बस्दै आएका थिए।
पछिल्लो समय अमेरिकाको शरणार्थी नियम परिवर्तन गरिएको छ र गैरकानुनीरुपमा अमेरिका छिरेर शरणार्थी क्याम्पमा बस्दै आएका आप्रवासीहरूलाई उनीहरूकै देशमा फर्काउन थालिएको छ।
अहिले अमेरिकाको शरणार्थी क्याम्पमा कम्तिमा पनि एक हजार जति नेपाली युवाहरू रहेको अनुमान गरिएको छ। उनीहरूको शरणार्थी आवेदन स्विकृत हुनेभन्दा पनि अस्विकृत हुने सम्भावना बढेको छ।अहिले होमल्याण्ड डिपार्टमेन्टले उनीहरूको सुनुवाईको मात्र औपचारिकता पूरा गरेर नेपाल फर्काउने कदम चालिरहेको छ। अबको केही दिनमै ठूलो संख्यामा नेपाली युवाहरूलाई विमान चार्टर गरी नेपाल फर्काइने होमल्याण्ड डिपार्टमेन्टका एक अधिकारीले बताएका छन्।
हरेक वर्ष अमेरिकाबाट केही नेपालीहरू देश निकाला हुँदै आएका छन्। अमेरिकी होमल्याण्ड डपार्टमेन्टको तथ्यांक अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ नेपालीलाई विमान चार्टर गरेर काडमाडोैं पुर्याइएको थियो। यस वर्ष पनि २३ जना नेपाली अमेरिकाबाट देश निकाला गरेर काठमाडोैं पुर्याइसकिएका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया