बिएल संवाददाता
अमेरिका आउने तल्लो बाटो भएर अमेरिका छिरेका सात नेपाली युवाहरू देश निकाला गरिएका छन्। अमेरिकाको होमल्याण्ड डिपार्टमेन्टले विमान चार्टर गरेर नेपाल डिपोर्ट गरिएका नेपालीहरूको यो पछिल्लो लट हो । यो लटमा अमित डिसी, चन्द्र अग्री,जनार्दन रिजाल,सञ्जय भण्डारी,कमल बिक,अमृत पौडेल र रुपसिंह बिसी रहेका छन्। त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनीहरुलाई अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्यूरोलाई जिम्मा लगाएको छ।
उनीहरू मानव तस्कहरूलाई कम्तिमा पनि ५० लाख तिरेर अनेक कष्ट ब्यहोर्दै ६ महिनाअघि अमेरिका छिरेका थिए। अमेरिका छिरेपछि नेपाली राहदानीलगायतका सबै कागजात फालेर शरण मागेका उनीहरू अमेरिकी शरणार्थी क्याम्पमा बस्दै आएका थिए।
पछिल्लो समय अमेरिकाको शरणार्थी नियम परिवर्तन गरिएको छ र गैरकानुनीरुपमा अमेरिका छिरेर शरणार्थी क्याम्पमा बस्दै आएका आप्रवासीहरूलाई उनीहरूकै देशमा फर्काउन थालिएको छ।
अहिले अमेरिकाको शरणार्थी क्याम्पमा कम्तिमा पनि एक हजार जति नेपाली युवाहरू रहेको अनुमान गरिएको छ। उनीहरूको शरणार्थी आवेदन स्विकृत हुनेभन्दा पनि अस्विकृत हुने सम्भावना बढेको छ।अहिले होमल्याण्ड डिपार्टमेन्टले उनीहरूको सुनुवाईको मात्र औपचारिकता पूरा गरेर नेपाल फर्काउने कदम चालिरहेको छ। अबको केही दिनमै ठूलो संख्यामा नेपाली युवाहरूलाई विमान चार्टर गरी नेपाल फर्काइने होमल्याण्ड डिपार्टमेन्टका एक अधिकारीले बताएका छन्।
हरेक वर्ष अमेरिकाबाट केही नेपालीहरू देश निकाला हुँदै आएका छन्। अमेरिकी होमल्याण्ड डपार्टमेन्टको तथ्यांक अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ नेपालीलाई विमान चार्टर गरेर काडमाडोैं पुर्याइएको थियो। यस वर्ष पनि २३ जना नेपाली अमेरिकाबाट देश निकाला गरेर काठमाडोैं पुर्याइसकिएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया