बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस पोष्ट गर्दै यस्तो घोषणा गरेका हुन् । उनको यो नयाँ घोषणासँगै क्यानाडा र मैक्सिकोबाट आउने सामान २५ प्रतिशत र चीनबाट आउने सामान कम्तिमा पनि १० प्रतिशत महंगो हुनेछन् ।
अमेरिकामा बनेका सामान प्रयोग गर्न प्रोत्साहित गर्ने मागा अभियानअन्तर्गत उनले यो घोषणा गरेका हुन् । अमेरिकामा धेरैजसो दैनिक उपभोग्य सामान यी तीन देशहरूबाटै आउँछन् । अमेरिकामा उत्पादन हुने सामान यसै पनि महंगा छन् र सबै सामानहरू तत्काल उत्पादन गर्न पनि सम्भव छैन । यस्तो अवस्थामा अमेरिकी जनता अरू थप महंगीको मारमा पर्नेछन् ।
देशमा बाइडेन प्रशासनले महंगी बढाएको भाष्य निर्माण निरमा्ण गरेर महंगीको मुद्दामा चुनाव जितेका ट्रम्पको यो घोषणा आकस्मिक रूपमा आएको हैन । उनले चुनावी अभियानकै क्रममा बाहिरबाट आउने सामानमा यो भन्दा पनि बढी प्रतिशतमा भन्सार लगाउने घोषणा गरेका थिए । तर, उनले त्योसँगै महंगी घटाउने पनि वाचा गरेका थिए। उनको यो परस्पर विरोधी वाचा अर्थशास्त्रीहरूले नपत्याए पनि अमेरिकी मतदाताले भने पत्याएका थिए ।
ट्रम्पको यो घोषणाबाट महंगी घट्ने आशा गरेका अमेरिकी मतदाताको आशामा भने तुषारापात हुने सम्भावना बढेको छ । ट्रम्पले ह्वाइट हाउस प्रवेश गरे लगतै नयाँ भन्सार दर लागु भयो भने अमेरिकी जनताको भान्छा अरू महंगो हुने छ । अमेरिकामा मेक्सिकोबाट ठूलो मात्रामा केरा, गोलभेडा, बेरी, काक्रो, एभोकाडो, सलाद, खुर्सानीलगायतका कृषिजन्य उत्पानहरू आयात हुन्छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया