बिएल संवाददाता
अमेरिकी आमचुनावको मतगणना जारी भैरहेकै बेला रिपब्लिकन राष्ट्रपति उम्मेद्वार ट्रम्पको पल्ला भारी हुदै गएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा उनको जीत प्रक्षेपण गरिएसँगै उनको जीतको सम्भावना बढेको छ । बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यहरूमा पनि ट्रम्प नै झिनो मतान्तरले अगाडि छन् ।
ट्रम्पको नर्थ क्यारोलाइनाको जीत प्रक्षेपण र अन्य ब्याटल ग्राउण्ड राज्यको अग्रताको कारण रिपब्लिकन खेमा उत्साहित भएको छ भने डेमोक्रेटिक खेमामा भने खिन्नता र छटपटी बढेको छ । अझै सहरी क्षेत्रको लाखौं मत गन्न बाँकि रहेकाले डेमोक्रेटहरूले जीतको आशा भने मारिसकेका छैनन् ।
सिनेटमा पनि रिपब्लिकन पार्टीकै पल्ला भारी भएको छ । डेमोक्रेटिक पार्टीले जितिरहेको नर्थ भर्जिनिया र ओहायोमा रिपब्लिकन उम्मेद्वाहरूले जितेका छन् भने पेन्सेल्भेनिया र मोन्टानामा रिपब्लिकन उम्मेद्वारहरू नै अगाडि छन् ।
संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिबस्मा पनि रिपब्लिकन पार्टीले आफ्नो बहुमत जोगाउला जस्तो छ ।
अमेरिकी चुनावको पछिल्लो अवस्था हेर्दा २००८ मा डेमोक्रेटिक पार्टीले जितेजस्तै क्लिन स्विप गर्ने सम्भावना बढेको छ ।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया