बिएल संवाददाता
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउनका लागि खुलेरै लागेका अर्बपति एलोन मस्कले हरेक दिन एकजना मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेका छन्।
फेरि राष्ट्रपति बन्ने दौडमा लागेका ट्रम्पलाई जिताउनका लागि उनका समर्थकहरूले ‘अमेरिका पिएसी’ अभियान सुरु गरेका छन्। मस्कले यो अभियानमा हस्ताक्षर गर्ने मतदातामध्येबाट एकजनालाई यस्तो पुरस्कार दिने घोषणा गरेका हुन्।
पिएसी अर्थात् ‘प्रिन्सिल ग्राउन्ड गेम पार्टनर’ले ट्रम्पको मुद्दा अनुसार अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकारको सुनिश्चित गर्न एउटा प्रस्ताव ल्याएको छ।
यो प्रस्तावमा अहिलेसम्म अनिर्णित रहेका तर राष्ट्रपतिलाई जिताउने वा हराउनका लागि निर्णायक ठानिएका राज्यहरूका मतदाताहरूले मस्कको त्यो पुरस्कार जित्न सक्नेछन्। यो क्रम मतदान हुने दिनसम्मै चल्नेछ।
यी राज्यहरू जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिनलगायत हुन्।
कैयौ कानुनविद् तथा निर्वाचन पर्यवेक्षकहरूको आलोचनाका वावजुद पनि मस्कले ट्रम्पको पक्षमा हस्ताक्षर गर्नका लागि सिफारित गर्ने मतदातालाई समेत तत्कालै ४७ डलर दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा निरन्तर ट्रम्पको पक्षमा वकालत गर्दै आएका मस्कले उनको चुनावी अभियानका लागि अर्बौं ‘दान’ दिइसकेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया