बिएल संवाददाता
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई जिताउनका लागि खुलेरै लागेका अर्बपति एलोन मस्कले हरेक दिन एकजना मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेका छन्।
फेरि राष्ट्रपति बन्ने दौडमा लागेका ट्रम्पलाई जिताउनका लागि उनका समर्थकहरूले ‘अमेरिका पिएसी’ अभियान सुरु गरेका छन्। मस्कले यो अभियानमा हस्ताक्षर गर्ने मतदातामध्येबाट एकजनालाई यस्तो पुरस्कार दिने घोषणा गरेका हुन्।
पिएसी अर्थात् ‘प्रिन्सिल ग्राउन्ड गेम पार्टनर’ले ट्रम्पको मुद्दा अनुसार अभिव्यक्ति स्वतन्त्रता र हातहतियार बोक्न पाउने अधिकारको सुनिश्चित गर्न एउटा प्रस्ताव ल्याएको छ।
यो प्रस्तावमा अहिलेसम्म अनिर्णित रहेका तर राष्ट्रपतिलाई जिताउने वा हराउनका लागि निर्णायक ठानिएका राज्यहरूका मतदाताहरूले मस्कको त्यो पुरस्कार जित्न सक्नेछन्। यो क्रम मतदान हुने दिनसम्मै चल्नेछ।
यी राज्यहरू जोर्जा, नभाडा, एरिजोना, मिशिगन, नोर्थ क्यारलाइना, पेन्सिल्भेनिया र विस्कन्सिनलगायत हुन्।
कैयौ कानुनविद् तथा निर्वाचन पर्यवेक्षकहरूको आलोचनाका वावजुद पनि मस्कले ट्रम्पको पक्षमा हस्ताक्षर गर्नका लागि सिफारित गर्ने मतदातालाई समेत तत्कालै ४७ डलर दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमा निरन्तर ट्रम्पको पक्षमा वकालत गर्दै आएका मस्कले उनको चुनावी अभियानका लागि अर्बौं ‘दान’ दिइसकेका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया