बिएल संवाददाता
अमेरिकाको जर्जियास्थित एउटा उच्च माध्यमिक विद्यालयमा गाेली चल्दा कम्तीमा ४ जना मारिएका छन्।
एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको विन्डरस्थित अपलाची उच्च माध्यमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २ शिक्षक र २ विद्यार्थीको मृत्यु भएकाे छ। र, ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्।
घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जनाएका छन्। घटना नेपाली समयअनुसार बुधबार राति लगभग ८ बजेतिरको हो।
प्रहरीले घटनास्थलबाट एक अभियुक्तलाई पक्राउ गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार अभियुक्त विद्यालयकै विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ।
होमल्याण्ड सेक्युरिटीका सल्लाहकार लिज शेरवुड–रान्डलले घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जानकारी समेत गराइसकेका छन्।
गोली प्रहारपछि विद्यालयका विद्यार्थीहरूलाई नजिकैको फुटबल रंगशालामा सारिएको छ।
एफबीआईले एजेन्सीका एजेन्टहरू घटनास्थलमा रहेको र यस क्षेत्रमा अनुसन्धान भइरहेको बताएको छ। प्रशासनले ब्यारी काउन्टीका सबै विद्यालय बन्द गरेको छ। सतर्कताका लागि जिल्लाका सबै उच्च माध्यमिक विद्यालयमा प्रहरी परिचालन गरिएको छ।
स्थानीय अधिकारीहरूले विद्यार्थीहरूलाई उनीहरूका अभिभावकहरूसँग पुनर्मिलन गरिरहेका छन्। जर्जियाका गभर्नर ब्रायन केम्पले राज्यका निकायहरूलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरेका छन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया