बुधबार, ०६ अगस्ट २०२५

केपी ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकाेट पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

प कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कार्यालयको पुनर्संरचना, ६८ जनाको दरबन्दी कटौती

मन्त्रिपरिषद्ले हालै पारित गरेको सो परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयमा रहेका दरबन्दीमध्ये तीन जना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरी सङ्गठन व्यवस्थापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी गएराति मलेसिया प्रस्थान गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

संसद्मा सांसदको भूमिका गौण भयो, शीर्ष नेता हाबी भएः सांसद घिमिरे

यहाँ संसद्काे मात्र होइन, कार्यपालिकाकै पनि भूमिका छैन। सदनले पारित गरेको विनियोजन विधेयकलाई सर्वाेच्च अदालतले उल्टाइदियो। ऐन पारित गर्ने विधायिकी अधिकार हो। संविधानसँग बाझिएमा बाझिएको हदसम्म मात्रै अमान्य हुन्छ। विनियोजन विधेयकमा निर्वाचन क्षेत्र विकास कोषका लागि रकम छुट्याइएकामा अदालतले रोकेर विधायिकी अधिकार क्षेत्रभित्र प्रवेश गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रुपमा पानी नहरमा पानी पठाउन थालिएको उनले बताए। नारायणी लिफ्ट सिँचाइमा चार नयाँ मेसिन छन्। चार घनमिटरका दुई र दुई घनमिटरका दुई छन्। पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

२० करोडको परियोजना भारतले आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री प्रचण्ड

‘भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन। खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ,’ उनले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो। तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन। खर्चको प्रक्रिया छ। भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने पनि होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथ मन्दिरमा पूजा

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथ खनालको चेतावनी: भारतीय दूतावासले २० करोडका योजना बाँड्ने सम्झौता खारेज नभए आन्दोलन हुन्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासबाट नेपालमा २० करोडका योजना बाड्ने सम्झौता खारेज नभए आन्दालन गर्ने चेतावनी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति आज लुम्बिनी आउँदै , जितगढी किल्ला हस्तान्तरण गरिने

राष्ट्रपति रामचन्द पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदैछन्। राष्ट्रपतिको प्रमुख आतिथ्यतामा  आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्कदै

भारतीय विदेशमन्त्री एस. जयशंकर आज स्वदेश फर्किँदै छन्। नेपालको दुईदिने भ्रमण सकेर उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राेकिनएन ध्रुर्वे हात्तीको आतंक, भत्काइदियो चार घर 

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ। सो हात्तीले बिहीबार  बस्तीमा पसेर चार घर भत्काइदियो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आजको मौसमः केही ठाउँमा हिमपताको सम्भाना

आज देशका उच्च हिमाली भू–भागका केही ठाउँमा हल्लाका हिमपताको सम्भना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागका एक–दुई स्थानीयमा हिमपात हुने सम्भना रहेको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५१ जना प्यालेस्टिनी महिला इजरायली सेनाद्वारा गिरफ्तार

'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र 'प्यालेस्टाइन प्रिजनर्स क्लबले' संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

‘राजनीतिक उपलब्धिको रक्षाका लागि सबै पार्टी एकजुट हुनुपर्छ’

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले सचिवालय बैठक भोलि

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ