बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघिबढिरहेको बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताए।
अध्यक्ष ओलीले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। उनले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको बताएका छन्।
अध्यक्ष ओलीले देशको भूमि रक्षा, राष्ट्रियता, स्वाधीनताको तथा राजनीतिक उपलब्धिको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहेकाले त्यसका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताए।
उनले एमालेले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण तथा कामको जिम्मेवारी बाडफाँटका क्रममा तछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिने/दिने संस्कार बसाल्नुपर्नेमा जोड दिए।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया