बिहिबार, ०७ अगस्ट २०२५

वीर अस्पतालमा ‘मेमोग्राम’ सञ्चालन

वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलसँग सार्कका नवनियुक्त महासचिवकाे भेट

राष्ट्रपतिभवनमा बुधबार  अपराह्न भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरुबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवको सरुवा

केही अघि ललिता निवासको जग्गा प्रकरणमा मुछिएर एयरपोर्टबाट समाइएका सचिव राउत निर्णय क्षमतामा कमजोर सचिवका रुपमा चिनिन्छन्। यस्का अलवा नेपाल टेलिकमको नयाँ बिलिङको ठेक्का प्रकरणमा मन्त्री र सचिवबीच लफडा रहेको बताइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलात्कार मुद्दामा दाेषी ठहर भएका सन्दीपलाई सजाय तोकिँदै

काठमाडाैँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार सजाय निर्धारणका लागि भएकाे बहस सकिएकाे हाे। बहस सकिएकाले केहीबेरमै सजाय निर्धारण हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगातार तेस्राे दिन पनि बढ्याे नेप्से

आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुर महानगर र पाटन अस्पतालबीच सम्झदारी पत्रमा हस्ताक्षर

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक जारी

आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमाथि सबैले प्रहार र निशाना बनाउन थाले: शङ्कर पोखरेल

नेपालको राजनीतिमा राष्ट्र विरोधी र अराजक शक्ति हाबी हुन नदिन सबै मिलेर मुलुकलाई विकास तथा सम्वृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

सीआईबी पुगे बम्जनका समर्थकहरु (तस्बिरहरू)

पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे कार्यालय अगाडि भेला भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ परेका बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक, सर्लाही लैजाने तयारी

अनुयायी बेपत्ता र बाल यौन दूराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीले सार्वजनिक गरेकाे छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार गरेर बम्जनलाई सार्वजनिक गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद, मोबाइल मात्रै १४ भेटियाे

उनको घरबाट नेपाली ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको सीआईबीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिमाद जिप दुर्घटना: मृतकको सङ्ख्या दुई पुग्याे

जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नारायणगढ–मुग्लिन सडक तीन साता बन्द हुँदै

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ। आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ। प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

भारतले सिधै २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन: प्रधानमन्त्री प्रचण्ड

‘भारतसँग हाल भएको सम्झौतामा कुनै पनि त्यस्तो प्रावधान राखिएको छैन। जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ’, उनले भने, ‘यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र अद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्‍त्रबाट हुन्छ। यो परिस्थितिमा यो सम्झौताबाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन। नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिन सक्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिमाद दुर्घटना (अपडेट): घाइते एकजनाको मृत्यु

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

तनहुँको भिमादमा जिप दुर्घटना, १२ जना घाइते

तनहुँको भिमादमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। पोखराबाट पाल्पा जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप बुधबार बिहान भिमाद नगरपालिका-३ मा दुर्घटना भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले गर्‍याे दुई जना सचिवको सरुवा

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएर उक्त आयोगमा कार्यरत सचिव रामकृष्ण सुवेदीलाई सञ्चार मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभामा अवरोध भएको अवस्थामा राष्ट्रियसभा रोकिनु हुँदैन: सांसद विश्वकर्मा

संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ। सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराइ समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासका लागि राष्ट्रियसभा अपरिहार्य छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामबहादुर बम्जनकाे घरबाट ३ करोडभन्दा बढी रकम बरामद

अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनकाे घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद भएकाे छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठकाे हात्तिगौंडास्थित बम्जन बसेको घरबाट उक्त रकम बरामद गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं