मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) मा शान्तिपूर्ण र उत्साहजनकरुपमा निर्वाचन सम्पन्न भएको जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच आज यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम- २ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

इलाम- २ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिँदैछ। आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणनास्थलमा आइपुग्ने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज यहाँ आयोजित ‘युए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताए। उनले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुटपिट गरी आमाकाे हत्या गर्ने पाँच महिला पक्राउ

पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका- ४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकाेमा देउवा खुसी, दिए धन्यवाद

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिँदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ। यद्यपि, अन्तिम विवरण आउन भने केही समय लाग्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाम-२ उपनिर्वाचन : महिला मतदाताको सहभागिता उत्साहजनक, नेतालाई गाउँको विकास गरिदिन अनुरोध

इलामको माङसेबुङ गाउँपालिका-२ हुलाककी गङ्गादेवी राई वर्षले ७९ वर्षका भइन्। उनलाई हिडडुल गर्न लट्ठीको सहारा नभइहुँदैन। शनिबार बिहान उनी लट्ठीकै सहारामा गाउँ नजिकै रहेको जनताकल्याण आधारभूत विद्यालयमा पुगिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रास्वपा उम्मेदवार लिम्बुले गरे आचारसंहिताकाे उल्लङ्घन, कारबाहीकाे तयारी

लिम्बुले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे विजयी सुरुवात

वेस्ट इन्डिज ‘ए’विरुद्धकाे सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ। शनिबार भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानीकर्ताको स्वागतमा काठमाडौँ

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ। सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो नहुने बताएका छन्। यसले दीर्घकालीन रुपमा प्रभाव पार्ने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन

पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यासविपरित: काँग्रेस

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति समक्ष प्रस्तुत गरेको विषयतर्फ नेपाली काँग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निर्देशक बन्ने सोच छ: दयाहाङ राई

त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ। नाटक निर्देशनकै बेला उनले शैक्षिक बेरोजगारीको कथालाई रोजेका थिए। डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा