बिहिबार, १८ सेप्टेम्बर २०२५

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

...जब धड्कियो मौनी रायको मुटु

सुरज नाम्बियारले मौनीलाई प्रपोज केही फरक अन्दाजमा गरेका थिए। उनले भनेका थिए, ‘हामीले कुरा गर्न थाल्यौं, लामो समयसम्म एक अर्कालाई डेट गर्यौं। एक दिन, जब मौनी, म र केही साथीहरू छुट्टीमा गएका थियौं, हामीले उनको लागि सानो सरप्राइजको योजना बनायौं। मैले उनलाई प्रपोज गर्छु भन्ने उनलाई थाहा थिएन, तर मैले उनको मनपर्ने गीत पृष्ठभूमिमा बजाउने व्यवस्था गरेँ र पृष्ठभूमिमा सुन्दर सूर्यास्तको साथ, मैले उनलाई प्रस्ताव गरें।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा

नेपालमा १० लाख बढी बालबालिका बालश्रममा

बालश्रममा संलग्न हुनुको कारण आर्थिक कठिनाइसँगै अन्य कारणहरू पनि रहेको दूतावासले जनाएकाे छ। अमेरिकी सरकारले नेपालमा बालबालिकालगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगलागीपीडितलाई राहत उपलब्ध गराउन र विपद्को पूर्वतयारीमा जुट्न सांसदकाे माग

सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन प्रभावित भएको जानकारी गराउँदै बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सागर बिसी र कल्पना बिष्टको ‘फुल रसैको’ गीत सार्वजनिक

दुई दिनअघि मात्रै  सार्वजनिक भएको गीत २ लाख साढे ४१ हजारभन्दा धेरै जनाले हेरिसकेका छन्। गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनुषाधाम-१ का वडाध्यक्षको निधन

क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

तराईमा तापक्रम निरन्तर बढ्दै, विद्यालयकाे पठनपाठन प्रभावित

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

नारायणगढ–मुग्लिन सडककाे २५ ठाउँमा पहिरोको जोखिम

सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

न्युजिल्याण्डलाई हराउँदै आयाेजक वेस्ट इन्डिज विश्वकपकाे सुपर-एटमा

आयाेजक वेस्ट इन्डिज जारी टी- २० विश्वकपकाे सुपर-एटमा पुगेकाे छ। बिहीबार बिहान न्युजिल्याण्डलाई १३ रनले पराजित गर्दै समूह सी’बाट सुपर-एटमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन्। मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेशनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ उपत्यकामा कहिले भित्रिन्छ मनसुन ?

काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोटाङको खोटेहाङमा विद्यालय भवन निर्माण

खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण भएको छ। वाप्लुखास्थित मुखिताङमा सञ्चालित संस्था समाजकाली आधारभूत विद्यालयका लागि रु २१ लाख ४३ हजार चार सय २६ लगानीमा तीनकोठे भवन निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

टी–२० विश्वकप : नामिबियाले दियो अस्ट्रेलियालाई ७३ रनको लक्ष्य

टी–२० विश्वकपको बुधबार खेलिएको खेलमा नामिबियाले अस्ट्रेलियालाई जितका लागि केवल ७३ रनको झिनो लक्ष्य दिएको छ। टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो। नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए। ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे। नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

ग्दी जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

‘सामाजिक न्याय प्रवर्द्धन गर्न नेपाल प्रतिबद्ध छ’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै उनले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिलालाई उद्यमी बनाउन ‘सानो पाइला’ले पछ्याएको ठूलो लक्ष्य

‘सामाजिक उद्यमलाई प्रवर्द्धन गर्नका लागि हामीले ‘कास्य’ कम्पनी पनि सञ्चालन गरिरहेका छौँ। त्यसमा हामीले नै प्रशिक्षित गरेका महिलाहरू सेयरहोल्डर समेत भइ काम गर्दै राम्रो आर्जन गरिरहनुभएको छ’, पोखरेलले भनिन्। उनका अनुसार ‘कास्य’मा आबद्ध भएर काम गर्न चाहनेहरूलाई त्यो अवसर पनि प्राप्त हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ। सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटः वर्षा भएपछि नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले जनाएको छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। समूह चरणका चार खेलमध्ये पहिलाे खेल हारेको नेपालले दोस्रो खेलमा जित निकाल्ने दाउमा छ भने श्रीलङ्काले यसअघिका दुवै खेलमा हार बेहोरेकाले अन्तिम आठमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ। सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमने सामने हुन लागेका छन्। यसअघि उमेर समूहमा यी दुई टोलीको पटक-पटक भेट भए पनि सिनियर टोलीमा भने पहिलो अवसर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्तो छ आजको मौसम ?

नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ