बिहिबार, १८ सेप्टेम्बर २०२५

प्रदीप पौडेल र बालेनबीच भेट, के-के भए कुराकानी?

भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वीतिर पहिरा खस्न थाले, पश्चिममा भतभती पोल्ने घाम

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि भित्रिनथाल्छ। तर यसपालि पूर्वी नेपालबाट भित्रिन थालेको मौसम प्रणाली सदरदर मिति भन्दा ३ दिन अगावै भित्रियो। मनसुन भित्रिदाँ सामान्य वर्षाले पनि यहाँको तापमान अलि कम हुनसक्थ्यो। तर मनसुनकै आशामा पश्चिम तराई अनि मध्यपहाडहरू भने घामले सुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे मन्थन

छापा माध्यमहरुको राष्ट्रिय सञ्जाल र नेपाल-चाइना मिडिया फोरमले बिहीबार छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल र ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२८ जिल्लामा साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक छ: मन्त्री बस्नेत

उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहामा प्रहरी कार्यालयभित्रै मृत भेटिइन् महिला प्रहरी जवान

जिल्ला प्रहरी कार्यालय सिरहामा एक महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिएकी छन्। सिरहामा कार्यरत प्रहरी जवान करिष्मा सुनार बिहीबार दिउँसाे शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ। त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी-२० विश्वकप: चार टाेली सुपर-एटमा, नेपालसहित अरु टाेलीकाे सम्भावना कति?

बिहीबारसम्म समूह ए’बाट भारत, समूह बी’बाट अस्ट्रेलिया समूह सी’बाट वेस्ट इन्डिज र समूह डी’बाट दक्षिण अफ्रिका सुपर-एटमा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरको सामना गरिरहेको छ: राष्ट्रपति

‘हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’, राष्ट्रपति पौडेलले भने, ‘जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - स्वीट्जरल्याण्ड

नेपालकाे कानुनलाई मान्य हुने गरेर आए टिकटकसँग कुनै आपत्ति छैन: मन्त्री शर्मा

‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो  आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार

नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार एक सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ। तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुवेतको आगलागी: करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

‘दूतावासले यस दुर्भाग्यपूर्ण घटनामा घाइते भएका भारतीय नागरिकहरूलाई सबै सम्भव सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग समन्वय जारी राखेको छ’, दूतावासले कुवेतका अधिकारीहरूबाट पूर्ण सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

हिरासतमै प्रहरीलाई थर्काउँछिन् शोभा पाठक, भन्छिन्- हुनेवाला मन्त्रीलाई थुन्ने? मैले जानेकी छु…

हिरासतमै रहेकी पाठकले आफूलाई ‘भविष्यको मन्त्री’ भन्दै आफूलाई थुन्ने प्रहरीलाई ०८४ मा ‘देखाइदिने’ धम्की दिइरहेकी छिन्। प्रहरी स्रोतका अनुसार उनले आफूमाथि अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई ०८४ को चुनावपछि आफू मन्त्री भएपछि प्रहरीलाई उल्टै थुन्ने धम्की पनि दिने गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नहरमा भेटियाे ५ वर्षीय विवशकाे शव

उनको शव घरबाट करिब ४ किलोमिटर दक्षिणपूर्वस्थित नहरमा डुबेको अवस्था भेटिएको प्रहरीले जनाएको छ। बालकको शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

जसपा नेपालकाे महाधिवेशन: नेतृत्व चयन सहमतिबाटै गर्ने

जनकपुरमा जारी पहिलो महाधिवेशनमा बिहीबारका लागि तय भएको प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने निर्णय भएकाे हाे। अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सहमतीमा नेतृत्व चयन गर्ने निर्णय भएपछि सबै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पानीको बहाव बढेपछि अरुण नदीमा सञ्चालित फेरी बन्द

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको हो। षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेलसम्म फेरी सञ्चालन नहुने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

विद्यालयको सटरहरू बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयका सटर बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश दिएकाे छ। बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ गतेसम्म सामुदायिक विद्यालयबाट भाडामा लिएका सटर बन्द नगर्न आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अष्टेलिया

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

...जब धड्कियो मौनी रायको मुटु

सुरज नाम्बियारले मौनीलाई प्रपोज केही फरक अन्दाजमा गरेका थिए। उनले भनेका थिए, ‘हामीले कुरा गर्न थाल्यौं, लामो समयसम्म एक अर्कालाई डेट गर्यौं। एक दिन, जब मौनी, म र केही साथीहरू छुट्टीमा गएका थियौं, हामीले उनको लागि सानो सरप्राइजको योजना बनायौं। मैले उनलाई प्रपोज गर्छु भन्ने उनलाई थाहा थिएन, तर मैले उनको मनपर्ने गीत पृष्ठभूमिमा बजाउने व्यवस्था गरेँ र पृष्ठभूमिमा सुन्दर सूर्यास्तको साथ, मैले उनलाई प्रस्ताव गरें।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं