बिहिबार, १८ सेप्टेम्बर २०२५

गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण

बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ। कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको गलेश्वर बजारमा कटान र बाढी नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत योजना निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु

पश्चिम म्याग्दीको मालिका गाउँपालिका– ६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम सुरु भएको छ। गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको सो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनादेखि रोकिएको थियो। विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको आयोजनाका प्रमुख गोपाल रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित, सुपर-एटबाट बाहिरियाे

नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी–२० विश्वकपमा इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल

टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार व्यहोरेको छ। जितको निकै नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार्न वाध्य भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘च्याम्पियन लड्छ तर रोकिदैन...’

‘सन् १९६५ मा भारत र पाकिस्तानबीच युद्ध चलिरहेको थियो र हामी कश्मीरमा थियौं। केही समयपछि हामीले सिट्टीको आवाज सुन्यौं। हामी सबै नयाँ थियौं र हामीले सोचेका थियौं कि सायद सिट्टी बजाएको हो। तर यो एक हवाई आक्रमण चेतावनी थियो’, उनी भन्छन्,  ‘मसँगै आएका सिपाहीहरू बंकरबाट निस्किए। यसैबीच आक्रमण भयो। दुवैतर्फबाट भारी गोलीबारी भएको थियो। मलाई पनि गोली लागेको थियो। एउटा गोली मेरो मेरुदण्डमा लागेको थियो। त्यो गोली अझै पनि मेरो मेरुदण्डमा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन्। पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ। गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत

अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने

आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ। वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ। नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन्। नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ। दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो– पुटिन

जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सय दिनको रफ्तारमा ‘प्रश्न’हरूबाट टाढा-टाढा भागिरहेका रवि

सय दिने फेहरिस्त सुनाइसकेपछि पनि शुक्रबार पत्रकारहरूलाई उनलाई एकपछि अर्को प्रश्न गरिरहे। तर, उनले त्यसको जवाफ फर्काउँदै फर्काएनन्। केही राजनीतिक सवालजवाफ भने उनले मज्जैले गरे। तर, उनको नाम मुछिएका धेरै प्रश्नहरूबाट तर्किएर हिँडे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविका १०० दिन: हतियार बोक्न निषेधदेखि पुरस्कृतसम्म

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन्। पदभार गरेको १०० दिनको अवसर पारेर जेठ ३२ गते शुक्रबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सांसद आचार्यको आरोपप्रति क्यानले भन्याे- सांसदज्यूकाे कपोकल्पित कुराले क्रिकेटको गरिमा घटायो

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन्। उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रचण्ड

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने

कामपामा रहेका ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई सयभन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने नीतिमार्फत उहाँले जानकारी गराएका हुन्। खेललाई पूर्वप्राथमिक तहदेखि अनिवार्य गरिने र सबै विद्यालयमा अध्ययनरत शारीरिक रुपमा अशक्त  विद्यार्थीहरुलाई सहज पठनपाठनको व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे गुनासो- सरकारमा त हामी छौँ, सत्ता अर्को छ

उनले भनेक छन्, ‘एउटा सरकार हुन्छ, अर्को सत्ता हुन्छ। सत्ता लामो समयसम्म कब्जा गरेर बसेको हुन्छ। सरकार फेरिँदा पनि सत्ता फेरिँदैन। नेपालमा सरकारमा त हामी छौँ। सत्तामा त के–के छ, के–के छ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रोचाहिँ हुन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं