बिहिबार, १८ सेप्टेम्बर २०२५

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ- डा. स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्धेश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौती पूर्ण रहेको बताएका हुन् । मन्त्रालयगत छलफलमा भाग लिदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए । उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताए ।  डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्छ’

उनले भने, ‘एकपटक विदेशी कम्पनीलाई जिम्मा दिने निर्णय गरेर फिर्ता गरेका छौँ। यसका लागि सहुलियत ऋण भेटिए राम्रो हो। तर ऋणको पासोमा पर्नेगरी विदेशीको महँगो ऋण लिनु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो

आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले १२ः३५ बजे भुपेन्द्र र १२ः४० बजे विनोदको शव ३० फिट गहिराइबाट निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी-पहिरोबाट ताप्लेजुङमा दार्जनौँ परिवार विस्थापित

गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

बालेनको चेतावनी- नगरसभामा कांग्रेस-एमालेको धङधङी बोकेर नआउनु होला

बालेनले काठमाडाैँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने भन्दै जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए। यही कारण आफूहरूले नगरसभा लाइभ गर्ने गरेकाे उनले उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीकाे केन्द्रीय नेता महाधिवेशन प्रतिनिधि हुने

तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शिलान्यास भएको हो। भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छ भने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन्। सबै खर्च कटाएर रु सात लाख नाफा कमाएको उनले बताए। हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने। दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

टापू निल्दैछ समुद्रः भाग्दैछन् टापूबासी

चर्को गर्मी, डरलाग्दो आँधी र टापूमा पानीको सतह बढ्दैजाँदा हजाराैँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन्। ७२ वर्षअघि कार्टी सुग्तुपु टापूमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ। किनभने यो टापू हरायाे भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - पानामा

आज गङ्गा दशहारा पर्व मनाइँदै

हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन्। पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ। गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन्। सूर्योदयअघि स्नान गरेर नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ। यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

बेनी–पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दी जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ। बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो सडक स्तरोन्नति सुरु गरेको हो। चालु आर्थिक वर्षमा रु चार करोड बजेट विनियोजन भएको यो सडकका लागि रु २० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान भएको थियो। हाल सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने भइरहेको छ। जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार तीन दशमलव पाँच मिटर चौडाइको सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गरिने छ। यो बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नं वडाका बासिन्दाको आवागमनको प्रमुख बाटो हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

भारतबाट दुई बालकको नेपाली बालकको उद्धार

नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरी नेपाल ल्याइएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ। दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहेको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फ्र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जडीबुटी खोज्ने क्रममा लडेर एक जनाको मृत्यु

सिन्धुलीमा जडीबुटी खोज्ने क्रममा एक जना पुरुषको लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार जडीबुटी खोज्न जंगल गएका मरिण गाउँपालिका-२ कटनडाँडाका ५८ वर्षीय टेकबहादुर दंगालीको लडेर मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ आजकाे माैसम

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए। घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुद्रप्रयाग