बिएल संवाददाता
नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।
सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।
यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ । त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया