बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यक्षबाहेक नेतृत्व चयन सहमतिबाटै गर्ने भएको छ।
जनकपुरमा जारी पहिलो महाधिवेशनमा बिहीबारका लागि तय भएको प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने निर्णय भएकाे हाे।
अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। अध्यक्षबाहेक अन्य पदका लागि निर्वाचन गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर सहमतीमा नेतृत्व चयन गर्ने निर्णय भएपछि सबै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व चयन गर्ने अध्यक्ष यादवलाई दिएका छन्।
महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी चयन हुनेछन्। त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया