आइतबार, १४ सेप्टेम्बर २०२५

रोनाल्डोको गोलमा अल नासर फाइनलमा

अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। पोर्चुगिज भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै असिस्ट प्रदान गरेपछि अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिहीबार विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय सभा बैठक बस्दै, प्रधानमन्त्रीसहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजकाे माैसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ

पोखराबाट दुई जना नक्कली सिआइडी पक्राउ परेका छन्। पक्राउ पर्ने नक्कली सिआइडीहरूमा पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा ७ माछापुच्छ्रे टोल बस्ने २६ वर्षीय सरोज थापा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विदेशी नागरिकसहित तीन जना पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आशाका अन्तिम ‘किस्ता’

अलिअलि बाँकी रहेको आशसँगै १८ वर्षसम्म पर्खाइको पीडा कस्तो हुँदो होला? जनयुद्धमा आफन्त गुमाएका अनि हराएका आफ्नाहरूको बारेमा कुनै समाचारै नसुनेकाहरूसँगको यसको जवाफ आँशुमात्रै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत पाएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३६ र विपक्षमा ८ जना सांसदले मत दिएका थिए।  १ जना भने तटस्थमा बसे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कंगना रनाैत भन्छिन्–बलिउडमा मेरो करिअर...

‘इमर्जेन्सी’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा कंगना रनौतले भनिन्, ‘के म अभिनय जारी राख्छु, मलाई लाग्छ कि यो एउटा प्रश्न हो जसमा म जनताले निर्णय गरोस् भन्ने चाहन्छु। उदाहरणको लागि, मैले कहिल्यै भनिनँ कि म नेता बन्न चाहन्छु। जनताले भन्नु पर्छ नेता बन्नुपर्छ। जुनसुकै दलले सर्वेक्षण गरोस् वा टिकट दिने मापदण्ड जस्तोसुकै होस्, म चुनाव लड्ने जनताको इच्छा हो। यदि आकस्मिक अवस्था आयो र उहाँहरूले मलाई धेरै हेर्न चाहनुहुन्छ भने, मलाई सफलता मिल्छ भन्ने लाग्यो भने म अभिनयलाई निरन्तरता दिनेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाढीपहिरोमा परी हालसम्म १७४ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २६ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७४ जनाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खरेलकाे उजुरीपछि कुलमानले भने- मलाई कमजोर बनाउन केही व्यक्ति सुनियोजित रूपमा लागे

‘प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रूपमा लागिरहेका छन्’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदबाट पारित

बुधबार बसेकाे प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले माओवादीसँग वार्ता गर्नेहरुलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव ल्याएका थिए: माधव नेपाल

अध्यक्ष नेपालले माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्यान्डका प्रधामन्त्री पदमुक्त, संविधान उल्लङ्घन गरेको अदालतकाे ठहर

थाइल्यान्डका प्रधामन्त्री सेटा टवीसिन पदमुक्त भएका छन्। संविधान उल्लङ्घन गरेको भन्दै थाइल्यान्डकाे एक संवैधानिक अदालतले प्रधामन्त्री टवीसिनलाई पदमुक्त गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत पूर्वराजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्याे’

उनले भने, ‘तपाईंहरुले आज राजालाई सम्झिनुपर्ने थियो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने राजाको योगदान छैन? दलहरुले त राजालाई शान्ति प्रक्रियामा योगदान पुर्‍याएवापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने थियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइयाे: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्कालीन विद्रोही माओवादीले ४–४ पटक सरकारको नेतृत्व गर्दासमेत शान्ति प्रक्रिया टुंग्याउन नसकेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले राजनीतिक दाउपेचका कारण शान्ति प्रक्रियाका कामलाई अल्झ्याइएको आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक बहुदलीय न्यायको सिद्धान्तविपरीत छ: अधिवक्ता बस्नेत

उनले भने, ‘हाम्रो माग भनेको गम्भीर मानव अधिकार उल्लंघन र सामान्य मानव अधिकार उल्लंघन भन्ने बुँदामा गम्भीर र सामान्य छुट्टाउनु हुदैँन्। मानव अधिकार उल्लंघन भनेको गम्भीर नै हो यसमा सबै पर्छ। गम्भीर कुरालाई पनि सामान्य हो भनेर राखेर हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीजीले हुन्छ भन्दा हुन्न भन्ने बुझ्नुपर्छ: प्रचण्ड

संसदमा टिआरसी विधेयकमाथि भइरहेको छलफलमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीज्यूले बहुदलीय नै हुन्छ भन्नुभएकाे छ। त्यसै हाेस् भन्ने अपेक्षा छ। तर उहाँले हुन्छ भन्दा हुन्न, हुन्छ भन्दा हुन्न भन्ने बुझ्नुपर्ने भएकाे छ। विगतले यस्तै देखाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं