आइतबार, १४ सेप्टेम्बर २०२५

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु हुँदै

नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ। साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ। केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आमचोकको चौध सय रोपनीमा चियाखेती

पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ। चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भाेजपुर

६ वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय सांसदअन्तर्गत बुधबार ६ वटा संसदीय समितिको बैठक बस्दै छ।संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खोलामा बगेका बालक मृत फेला

चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन्। विभागले आर्थिक वर्ष २०८०–८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा  भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ।  वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्राः राजनीतिक समावेशिताका लागि सचेतना

गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोसाइँकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खान-बस्न चर्को शुल्क लिएको गुनासो

रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यस वर्ष भक्तजनको संख्या घटेको छ। बर्सेनि लाग्ने मेलामा यस वर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेका र एमालेबीचको सहमतिमा कुनै शंका नगर्दा हुन्छ: देउवा

उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौँ। त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरु पार्टीको खिलाप हुँदै होइन। यो सोच/विचार नै गरिएको सहमति हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाइलट बाबाको निधन

छातीमा खराबी देखिएपछि मुम्बईकाे कोकिलाबेन अस्पतालमा भर्ना भएका उनकाे मंगलबार दिँउसो निधन भएको हाे। ८६ वर्षीय पाइलट बाबाकाे लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यरातमा दुई नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैनः माधव नेपाल

अध्यक्ष नेपालले भने, ‘हामीले मुलुकमा जे–जे गर्नुछ त्यो खुला बहसबाट गर्नुपर्छ। सबैभन्दा पहिले आफूले गरेको गल्तीहरू हेर्नुपर्छ र बहसको प्रारम्भ गर्नुपर्छ। मध्यरातमा दुईवटा नेताले हस्ताक्षर गरेर हुनेवाला केही छैन। खुला बहसको कुरा गर्नुपर्छ। कहिल्यै बहसको कुरा नल्याउने तर मध्यरातमा गएर हस्ताक्षर गर्ने। मलाई यो कुरा गर्न मन थिएन तर यहाँ सन्दर्भ आयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको व्यवस्था नभए मधेसका सबै विद्यालय बन्द गर्छाैँ: प्रभु साह

रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन्। विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भीर नभएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

यौनिक अल्पसंख्यकहरूको गाईजात्रा परेड (तस्बिरहरू)

यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समुदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

खकुरी प्रहार गर्नेहरूमाथि  कारवाहीको माग

दुई युवामाथि खुकुरी प्रहार भएको घटनामा नौ जना आरोपीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। घट्नामा संलग्न रहेर पक्राउ परेका सबैविरूद्ध पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालत बाँकेले आइतबार अनुमति दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

आरजुलाई भारतको ‘उच्च सम्मान’, मोदीसँग भेटवार्ता (भिडियाे)

भारत भ्रमणका क्रममा उनले समकक्षी जयशंकरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरेकी छन्। यसअघि नेपालका परराष्ट्रमन्त्रीलाई खासै महत्व नदिने भारतीय प्रधानमन्त्रीले राणालाई दिएको यो ‘भेट’लाई चासोका रुपमा हेरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटक खाेल्ने तयारीमा सरकार

सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध हटाउने तयारीमा लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र ‘बुलाकी’: कर्णालीको सांस्कृतिक ऐना

‘म आफू पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो। त्यहाँको स्थानीय रहनसहन र जनजीवनलाई विशिष्ट तरिकाले उठान गरिएको पाएँ, बस्नेतले भने, ‘आजको दिनमा पनि छिटफुट रहिरहेको जारी प्रथा र छाउपडी प्रथाको वास्तविकता चलचित्रले बोलेको छ, प्रस्तुति उत्कृष्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं