बिएल संवाददाता
नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले नेकपा एमालेबीच भएको सहमतिमा शंका नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले भने, ‘ओलीजी र मबीच भएको सहमतिमा कुनै शंका/उपशंका नगर्दा पनि हुन्छ। हामीले संविधान संशोधन भनेका छौँ। त्यसमा दुईवटा पार्टी मिलिसक्यौँ। अरु पार्टीको खिलाप हुँदै होइन। यो सोच/विचार नै गरिएको सहमति हो।’
साथै उनले अब माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एक ठाउँमा आउनुपर्ने बताए। प्रसङ्ग बदल्दै देउवाले प्रदीप गिरि ज्ञानको भण्डार रहेको समेत जिकिर गरे।
साथै उनले अभियन्ता भारती सिलवाललाई किताब लिएकोबारे आफूलाई जानकारी नभएको जवाफ दिएका छन्।
‘के किताब उहाँको मैले लगेँ भनेर मलाई सम्झना छैन। किताबले मलाई फाइदा भएको होला। धन्यवाद दिन चाहन्छु’, देउवाले भने।
कार्यक्रममा देउवाभन्दा अगाडि मन्तव्य दिएकी सिलवालले धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी थिइन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया