आइतबार, २४ अगस्ट २०२५

ड्युटी छाेडेर ‘भागेका ३० प्रहरी’लाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो। गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प

जाजरकोटमा भूकम्प गएको छ। आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो।  ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

निलम्बनपछि बिन्दा पाण्डेले भनिन्- हामी काममा थियौँ, पर्टीले ६ महिनको छुट्टी दियो

नेकपा एमालेबाट निलम्बित भएपछि स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले आफूहरुलाई पार्टीले ६ महिनाका लागि छुट्टी दिएको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले पार्टी काममा भएको समयमा पार्टीले ६ महिनाका लागि बिदा दिएको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भ्रष्टाचारप्रति ओलीको 'अतिरिक्त' मोह

भन्नलाई त के पी ओली 'आफू पनि भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न' भन्छन् तर व्यवहारले त्यस्तो देखाउँदैन। उनी प्रत्यक्ष वा परोक्ष रूपमा एक हैन अनेक भ्रष्टाचार प्रकरणमा जोडिएर भ्रष्टाचारीहरूको संरक्षण पनि गर्दैआइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

एमालेले म माथिको गरेको कार्वाही पञ्चकै नक्कलः तिमल्सेना

नेकपा एमालेबाट ६ महिनाका लागि निस्कासित भएपछि केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले एमाले नेताहरूले पञ्चकै नक्कल गरेर आफूलाई निस्कासन गरेको बताएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायाे, विन्दा र उषाकिरण ६ महिनाका लागि निलम्बित

नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट हटाएको छ भने स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

याे सरकारले अपेक्षाकृत काम गर्न नसके कुनै पनि सरकारले गर्न सक्दैन: मन्त्री पौडेल

उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरुलाई सही ट्रयाकमा हिँडाउन पत्रकारले योगदान दिनुपर्छ: कांग्रेस नेतृ लिम्बु

राजनीतिक आस्था र विचार व्यैक्तिक स्वतन्त्रताको कुरा भएको चर्चा गर्दै नेतृ लिम्बुले मिडियाकर्मीहरुले सत्य तथ्य, यथार्थ र विश्लेषणात्मक सामग्रीहरु प्रस्तुत गरेर जो कोहीका गलत कुराहरुको भण्डाफोर गर्नु र सचेत गराउनु आवश्यक भएको पनि उल्लेख गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन साहले हामीमाथि रावणको व्यवहार गर्नुभयो, राम बनेर हमला गर्छौँः कवाड व्यवसायी

‘लड्न, भिड्न र हामी लङ्का दहन गर्नलाई, अब लङ्काको रावणलाई आक्रमण गर्नलाई हामी आउँदो १४ गते काठमाडौँ महानगरपालिका कमलादी घेर्नेछौँ। काठमाडौँ महानगरपालिकाको मेयर बालेन साहले रावण बनेर हामीलाई व्यवहार गर्नुभयो। अब हामी राम बनेर हमला गर्नेछौँ, लङ्का दहन गर्नेछौँ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय गायक सोनु निगम काठमाडौँमा

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्। उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपीकै विचारमा अडिक रहेर राजनीति गर्नुपर्छ: शशाङ्क कोइराला

तपाईं आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ। आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन। हाम्रो समाज कस्तो छ? हजारौँ वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो। विपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तेन्जिङ नोर्गे शेर्पा’ खुल्ला आरोहण प्रतियोगिता जनवरीमा हुँदै

यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते)का दिन हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विन्दा पाण्डेलाई ६ महिनाकाे लागि निष्कासन गर्ने एमालेकाे तयारी

पार्टी मुख्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाको बारेमा आफ्ना धारणा राखेपछि नेतृत्वको निर्णयविरुद्ध बाेलेकाे भन्दै पाण्डेलाई अनुशासनको कारबाही गर्न लागिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६७ यात्रु बाेकेकाे जहाज कजाकिस्तानमा दुर्घटना, २५ जनाकाे जीवितै उद्धार

राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ उडेकाे अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज बुधबार बिहान कजाकिस्तानकाे अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार शाहसहित ६ जना पुरस्कृत

फाेटाे पत्रकार बर्षा शाहसहित ६ जना पत्रकार पुरस्कृत भएका छन्। बुधबार तमू सञ्चारकर्मी संघले उनीहरूलाई पुरस्कृत गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रास्वपा मात्र हाेइन, सहकारी ठगीमा संलग्न कांग्रेस–एमालेका नेतालाई पनि छाडिदैन: सञ्चारमन्त्री गुरुङ

गुरुङले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्‍यो भन्ने गलत प्रचार भएको बताए।  समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगीमा संलग्न छ भने भने कांग्रेस–एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ: उपप्रधानमन्त्री सिंह

‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट, ४ जना पक्राउ

कैलालीमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएकाे छ। भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीयको विरोधपछि हेटौँडा-काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने सहमति

यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यसबाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा

थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचारप्रसार गर्नेछन्। मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं