बिएल संवाददाता
भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन्।
क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह काठमाडौँ आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे।
प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन्। उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ।
झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागी हुने अपेक्षा गरिएको छ। उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन्।
निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ। त्यसअघि उनले पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन्।
गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।
यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया