जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा नेपालका संसदीय दलका नेता उपेन्द्र यादवले साेमबार सभामुखलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं