बिएल संवाददाता
नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन्।
उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्रपति भएको बताउँदै प्रवक्ता महतले त्यो विषयले आफूहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन्। उनले भने, 'यो विषयमा कांग्रेसले सम्झौता गर्दैन। यो विषय अब कांग्रेसको मात्र रहेन। यो आम जनताको विषय हो। कांग्रेसले त यो विषय उठाएको मात्र हो।'
नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम नै अन्योलमा परेको छ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसद्मा अवरोध गरिरहेको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया