पार्टीका सांसदलाई प्रचण्डकाे निर्देशन- सरकारले गरेका राम्रा कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत गर्नुस्
‘सरकारका काम र पार्टीको नीतिअनुसार राम्रो तयारी गरी दर्बिलोसँग संसद्मा प्रस्तुत हुनुहोस्’, प्रधानमन्त्री दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम प्रयास गरिएको छ। सरकारले राम्रो काम गरिरहेको छ। यी विषयमा सदनमा आफ्ना कुरा राख्नुहोस्।’
बिएल संवाददाता - काठमाडौं