प्रदेश खारेज गर्ने होइन, संघका सबै अधिकार दिने पनि होइन: ओली
‘राज्यलाई कमजोर पार्ने, व्यवस्थालाई कमजोर बनाउनेखालका कुराहरू पनि छन्। यो शक्ति विकेन्द्रीकरणको मात्रै होइन, यो भनेको शक्ति र स्रोतको बाँडफाँटको विषय हो’, उनले भने, ‘कतिपय ठाउँमा नाम यो भएन, ऊ भएन भन्नेखालका आवाज पनि उठेका छन्। दुबै अतिवादमा दौडिनु हुँदैन। प्रदेश संरचनाहरू खारेज गरिनुपर्छ भन्ने पनि होइन। संघमा भएका सबै अधिकार प्रदेशलाई दिनुपर्छ भन्ने पनि होइन। यो राष्ट्रियस्तरमै बहस गरिनुपर्ने कुरा हो।’
बिएल संवाददाता - काठमाडौं