आज त्रिविको ५०औँ दीक्षान्त समारोह, १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित हुँदै
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ। आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ। समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन्।
बिएल संवाददाता - काठमाडौं