
ज्योति देवकोटा
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट लामिछानेकाे सुरु भएको हाे।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा प्रकाउ परेका लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार अभियोग पत्र दर्ता भएकाे थियाे।
रविसँगै मुद्दा दर्ता भएका डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाईं, कृष्ण गुरूङलाई पनि अदालतमा उपस्थित गराइएको छ।
लामिछानेसहित उनीहरूलाई बयानका लागि साेमबारदेखि नै अदालतमा उपस्थित गराइएको भएपनि जोशी र पछाईंकाे मात्रै बयान भएकाे लिइएकाे थियाे। उनीहरू दुईकाे बयान सकिएपछि रविकाे सुरू भएकाे हाे।
यसैगरी सहकारी ठगी प्रकरणमा मंगलबार पक्राउ आरती गुरूङ र गुरूङलाई पनि अदालत उपस्थित गराइएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया