बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफैँले सहकारीबाट पैसा लिएकाे प्रमाण फेला परेकाे दाबी गरेका छन्।
प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे दाबी गरेका हुन्।
‘उहाँले नयाँ पार्टी खाेलेर राजनीतिमा आइसकेपछि पनि चेकमा हस्ताक्षर गरेर आफैँले पैसा लिनेसम्मकाे काम गरेकाे प्रमाण फेला परेकाे छ। त्यसपछि उहाँले गल्ती गर्नुभएकाे हाेइन भन्ने कुरा चाहिँ अदालतकाे विषय हाे’, उनले भने।
साथै महासचिव पोखरेलले पूर्वगृहमन्त्री लामिछानेले संगठित रूपमा सहकारीकाे रमक अपचलनकाे लागि याेजना बनाएकाे देखिएकाे समेत जिकिर गरेका छन्।
‘उहाँले प्रतिसाेध प्रतिसाेध भन्दै हुनुहुन्छ, तथ्यले चाहिँ त्यसाे देखाउँदैन, उनले भने, ‘तथ्यले चाहिँ एउटा संगठित रूपमा नै अपचलनकाे लागि याेजना बनाएकाे देखाउँछ।’
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया