शुक्रबार, ०३ जुलाई २०२६

रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले बोलायो आकस्मिक बैठक

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेका सभापति रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले कार्यकर्तालाई कार्यालयमा बोलाएको हाे। सभापति लामिछाने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा आकस्मिक छलफलमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुआब्जा माग्दै १०५ दिनदेखि अनसनमा अन्सारी

भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए। करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ: प्रधानमन्त्री ओली

आइतबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार दिउँसो आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि)  को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साताका २१ तस्बिर: मेक्सिकोबाट देखिएकाे पूर्ण-चन्द्रमादेखि माेदीकाे अभिवादनसम्म

याे साता संसारका विभिन्न देशहरुमा प्राकृति विपत्तिले वितण्ड मच्चायाे। कतै बाढी आयाे त कतै आगलागी भयाे। त्यस्तै याे साता मानवीय युद्धले निम्त्याएका घटनाका दृश्यहरु पनि चर्चामा रहे। यीसँगै संसारभरि फैलिएर रहेका राेयटर्सका फाेटाे-पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरु यहाँ प्रस्तुत छ :

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

धनराज गुरुङ दोषी देखिए जेल जानुहुन्छ: विश्वप्रकाश शर्मा

शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको सहमतिविना संविधान संशोधन असम्भव: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने मागसहित प्रदर्शन

विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी व्यहोरेका र जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिस्वरुप ५० खर्ब डलर दिनुपर्ने माग गर्दै जलवायु अभियन्ताहरुले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान

व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाे छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

न्युयोर्क पुगे प्रधानमन्त्री ओली, कार्याबाहक राजदूतले गरे स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

जलवायु वित्तको भुक्तानी माग गर्दै जनमार्च

विभिन्न जलवायु सम्बद्ध २४ संघ-संस्थाले आज ‘ग्लोबल विक अफ एक्सन’को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘जलवायु जनमार्च २०२४’ जलवायु जनमार्च गरेका हुन्। ग्लोबल नर्थका देशहरूलाई जलवायु वित्तका लागि भुक्तानी गर्न आहृवान जनमार्च गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे

नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ। त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।  विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए। यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ। त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठलाई बर्खास्तको माग

विगत १५ दिनदेखि अस्पतालको गेट अगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतका माग राख्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

अमेरिकाका ३ राज्यमा अर्ली भोटिङ सुरू, पहिलो दिन नै उत्साहजनक मतदान

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन हुन ४५ दिन बाँकि छ । तर, अमेरिकाका तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने अर्ली भोटिङ सुरू भएको छ।अर्ली भोटिङको पहिलो दिन आज शुक्रबार नै मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिका उडे ओली, निराश हुन कार्यकर्तालाई माधव नेपालकाे आग्रह (भिडियाे)

आजै संसद सचिवालयले सहकारी संस्था बचत रकम दुरुपयाेगसम्बन्धी विशेष छानबिन प्रतिवेदन सार्वजनिक गर्‍याे। प्रतिवेदन सार्वजनिक भएपछि करिब साढे तीन महिनादेखि पूर्वगृहमन्त्री रवि लामिछानेलगायत व्यक्तिहरु र सहकारीबारे उठेका प्रश्न, जिज्ञास र भ्रम चिरियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिवेदन भन्छ– सञ्चालक थुनेर सहकारी समस्या समाधान हुँदैन

व्यक्तिको नियत खराब हुँदा अहिले सहकारी समस्या भएको भन्दै प्रतिवेदनमा भनिएको छ– ‘तर सञ्चालक थुनामा पर्दैमा बचतकर्तालाई न्याय हुने अवस्था भएन।’ बचतकर्ता आफ्नो बचत फिर्ता होस्, बाँकी राज्यले जे गरे गरोस भन्ने अवस्थामा रहेको पनि प्रतिवेदनमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दलितलाई खै?’ आन्दोलन स्थगित, ६ महिनापछि वार कि पार गर्ने गरी आन्दाेलन गर्ने सुनारकाे घाेषणा

शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै?’ भन्ने प्रश्नसहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ