बिएल संवाददाता
भक्तपुरस्थित बालकोटको एक घरमा बाबुछोराकाे हत्या भएकाे छ।
सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्यकाे हत्या भएकाे हाे।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बाबुछोराकाे शव छुट्टाछुटै कोठामा भेटिएकाे छ। उनीहरूकाे शरीरमा चाेटपक देखिएकाे र काेठामा बाहिरबाट ताला लगाएकाले हत्या नै भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ।
स्थानीयका अनुसार तीन बाबुछोरा तीनतले घरकाे तल्लाे तलामा दुईवटा काठा लिएर बस्दै आएका थिए।
आइतबार राति तीन बाबुछोरा खाना खाएर सँगै सुतेका थिए। सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो।
सँगै सुतेका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार रहेकाे प्रहरिले जनाएकाे छ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टाेली घटनास्थलमा पुगेकाे छ भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया