बिएल संवाददाता
भक्तपुरस्थित बालकोटको एक घरमा बाबुछोराकाे हत्या भएकाे छ।
सूर्यविनायक नगरपालिका-२ बालकोट फिकाधारा टोलमा खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्यकाे हत्या भएकाे हाे।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बाबुछोराकाे शव छुट्टाछुटै कोठामा भेटिएकाे छ। उनीहरूकाे शरीरमा चाेटपक देखिएकाे र काेठामा बाहिरबाट ताला लगाएकाले हत्या नै भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ।
स्थानीयका अनुसार तीन बाबुछोरा तीनतले घरकाे तल्लाे तलामा दुईवटा काठा लिएर बस्दै आएका थिए।
आइतबार राति तीन बाबुछोरा खाना खाएर सँगै सुतेका थिए। सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो।
सँगै सुतेका कुलप्रसादका जेठा छोरा मिलन भने घटनापछि फरार रहेकाे प्रहरिले जनाएकाे छ।
घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी टाेली घटनास्थलमा पुगेकाे छ भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया