प्रधानमन्त्री प्रचण्डले पाए तेस्राे पटक विश्वासकाे मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्राे पटक विश्वासकाे मत प्राप्त गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार भएकाे मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले १ सय ५७ जनाकाे मत प्राप्त गरेका छन्। आजको बैठकमा २ सय ६८ जना उपस्थित थिए।
बिएल संवाददाता - काठमाडौं