बिएल संवाददाता
                                भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृती लम्सालको मृत्यु र त्यसपछिका उत्पन्न घटनाक्रम बारे ओडिसा विधानसभामा प्रश्न उठेको छ।
विपक्षी दल कांग्रेसले निष्पक्ष छानबिनको माग गर्दा सत्तारुढ बीजेपीकै सांसदले विद्यालयका संस्थापकलाई नै पक्राउ गर्नुपर्ने माग गरेका छन्।
कांग्रेसका ओडिसा विधानसभा सांसद ताराप्रसाद बाहिनीपतिले विश्वविद्यालयले नेपाली विद्यार्थीप्रति गरेको अत्याचारले ओडिसा विश्वमा नै लज्जित भएको भन्दै भन्दै न्यायिक छानबिनको माग गरे।
उनले भने, ‘भगवान जगन्नथानका कारण नेपाल र ओडिसाको सुमधुर सम्बन्ध छ। विश्वविद्यालयले गरेको व्यवहारले ओडिसा विश्वमा नै लज्जित भएको छ। यसको न्यायिक जाँच हुनुपर्छ। नत्र अनसनमा बस्छु।’
सत्तारुढ भारतीय जनता पार्टीका सांसद बाबु सिंहले किटका संस्थापक अच्युत सामन्तलाई पक्राउ नै गर्नुपर्ने माग गरे।
उनले भने, ‘केआईआईटीका कारण ओडिसा लज्जित भएको छ। विदेशी देशका विद्यार्थीप्रति गरिएको व्यवहार निन्दनीय छ। यो केआईआईटीका अधिकारीहरूको निर्देशन बिना हुन सक्दैन। यो घटनामा केआईआईटीका संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्नुपर्छ।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया