बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा सभामुखले नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएकोमा नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।
गृहमन्त्रीले प्रहरी विधेयक भनेर नागरिकता विधेयक प्रस्तुत गर्दासमेत सभामुखले पत्तो नै पाएनन्। गृहमन्त्रीले नागरिकता संशोधनसम्बन्धि विधेयक प्रस्तुत गरे, सभामुखले भने प्रहरीसम्बन्धि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएका थिए।
यत्तिकैमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीले पेस गरेको विधेयक र सभामुखले छलफल अगाडि बढाउन लागेको विधेयक फरक भएको जानकारी गराएका थिए।
खतिवडाले भने, ‘सभामुख महोदय गृहमन्त्रीज्युले बोल्ने बेलामा नागरिकता विधेयक भन्नुभयो। त्यसलाई प्रहरी विधेयक भनेर फलफल गराइयोस् भन्ने अनुरोध गर्न चाहन्छु।’
‘त्यस्तो भएको हो?’ भन्दै संसद सचिवालयका प्रतिनिधिहरूलाई सोधेपछि सभामुखले भने, ‘उच्चारणमा त्यस्तो भएको भए त्यसलाई सच्याउन सुझाव दिनुभएकोमा धन्यवाद छ। प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव मानेर प्रहरी विधेयकमै छलफल गराइने कुरा जानकारी गराउँन चाहन्छु।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया