बिहिबार, ०५ मार्च २०२६

प्रधानमन्त्री प्रचण्ड आजै निजी निवास खुमलटार सर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छोड्ने तयारी थालिएकाे छ। स्रोतका अनुसार उनी दिउँसो ४ बजे बालुवाटारबाट निस्कने बताइएकाे छ। प्रधानमन्त्रीले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। नेपाली काँग्रेस र एमालेले गत सता नयाँ समीकरण बनाउने सहमति गरेपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीमा ओलीको दाबी पेशः शीतलनिवासबाट बाहिरिए देउवा र ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी पेश भएको छ। कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष दाबी पेश गरिएको हो। दाबी पेश गर्न शुक्रबार राति ९ बजे ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुगे। त्यसाे त शीतलनिवासबाट देउवा र ओली बाहिरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मध्य नेपालको चितवनमा पहिरोले बगाउँदा त्रिशुलीमा हराएका दुई बस र यात्रुको एकदिन लगाएर खोजी गरिएपनि केही भेटिन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालुवाटार छाडेका प्रचण्डलाई खुमलटारमा भव्य स्वागत

शुक्रबार संसदबाट विश्वासको मत पाउन नसकेसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका कामचलाउ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निजी निवास खुमलटारमा भव्य स्वागत गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड काम चलाउ प्रधानमन्त्री

संसदबाट विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउन प्रधानमन्त्री भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेस सभापति र एमाले अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर

काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयमा, आजै सरकार गठनको आह्वान हुँदै

संसद सचिवालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नयाँ सरकार गठनका लागि बाटो खुल्यो, प्रधानमन्त्री ओली कि देउवा?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत पाउन नसकेसँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन रोक

अब ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ। शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मैले जेलको उद्घाटन गरेको छु, मलाई भ्रष्टहरूले त्यहीँ जेलमा हाल्नेछन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूले जेलको उद्घाटन गरेको र कुनै दिन सबै मिलेर आफूलाई त्यहीँ जेलमा हाल्न सक्ने शंका ब्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चतुर प्रचण्डको भावुक विदाई

जाँदा जाँदै प्रचण्डले भने- ‘अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको  गठबन्धनमा लगेको हो। मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ। तर, जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादीले लगानीभन्दा धेरै लाभांश खोज्यो: भट्टराई

नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले माओवादीले लगानीभन्दा धेरै लाभांश खोजेको आरोप लगाएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रमेश लेखकको प्रचण्डलाई प्रश्न– के काँग्रेस र एमालेले मात्र धोका दिएको हो?

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै के काँग्रेस र एमालेले मात्र धोका दिएको हो भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमाले मिलेर साना दललाई गर्भमै सिध्याउने षड्यन्त्र गरेका छन्– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरू मिलेर साना दलहरूको अस्तित्व सक्काउन लागेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कस्तो लाटो म!

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘स्वर्ग र नर्क सँगै जाने’ कसम खाएकै दिन एमालेले धोका दिएर काँग्रेससँग मिल्न गएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमाले बिचौलिया हुन्, संसदबाटै प्रतिरोधको पहल सुरु गरिसकें– प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समिकरण गरेका नेपाली काँग्रेस र नेकपा एमालेलाई ‘अभिजात बिचौलिया’ भन्दै त्यही कुरा जनतालाई भन्नका लागि संसदमा विश्वासको मत मागेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संसद् विघटनको बानी परेकाले नैतिकताको पाठ नसिकाए हुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन्। प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दुखेको चित्त: काँग्रेस-एमालेले राष्ट्रिय सहमति भनेर ढाँटे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण गरेका काँग्रेस-एमालेले आफूलाई त्यो सहमतिबारे झुक्याएको भन्दै चित्त दुखाएका छन्। नेपाली काँग्रेस र एमालेबीच नयाँ गठबन्धनको सहमतिपछि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्दा उनले आफूलाई झुक्याउन खोजेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं