बिएल संवाददाता
नेकपा एमाले निकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिज, लायन्स क्लबलगायत सङ्घसंस्थाको नेतृत्व तहमा रहेका थिए।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत पदाधिकारीले स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायण खेरवारलगायत छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया