आइतबार, ०१ मार्च २०२६

पूर्वराजालाई कांग्रेसको सुझाव- सत्तामा फर्किने भए टीका लगाएर होइन, ०८४ मा चुनाव लड्ने हिम्मत गर्नुस्

‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो। गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो। सत्तामा नै फर्कने चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस्। पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ- कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५० पाउन्डको केक काटेर ‘केपी ओली कप’को उद्घाटन

समारोहमा ५० पाउन्डको केक काटिएको थियो। प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन्। उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकार समेत उपस्थित थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली फेरी संसद विघटन गर्ने प्रयासमा छन्: अग्नि सापकोटा

‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन्। म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री। फेरि पनि विघटन गरेर चुनावमा गएँ भने बहुमत ल्याउछु भन्ने छ। बहुमत हजार कोष टाढाको कुरा हो। वास्तवमा यो संसद विघटन गर्नतिर नै उनी उद्यत छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नो-केबलकारको पक्षमा रास्वपा, तोसिमाले भनिन्- जनता मारेर विकास चाहिँदैन

उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरी सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्। साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमति सरकारले उल्लंघन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको जन्मदिनमा झापामा पूजा र हवन, रोपियो ७३ विरुवा

श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका-२ को अगुवाइमा पूजा गरिएको हो। त्यस्तै ओलीको जन्मदिनमा नजिकैको वन क्षेत्रमा वृक्षरोपणसमेत गरिएको छ। ओली ७३ वर्ष लागेको अवसरमा ७३ वटा विरुवा रोपेर पार्क नै बनाइएको छ। पार्कको नाम ‘जन्मोत्सव पार्क’ राखिएको सामुदायिक वनका अध्यक्ष बलराम रिसालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदका दुवै सदनको बैठक बस्दै

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ। यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार राम्रा काम गर्न प्रतिवद्ध छ: उपप्रधानमन्त्री सिंह

‘अहिलेको गठबन्धन सरकारले यो भन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरूलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिवद्ध छ। सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो। मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजालक्षित प्रचण्डको टिप्पणी- इतिहासको रछ्यानमा मिल्काइएकाहरू फेरि फर्किने दिवास्वप्नमा छन्

‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति चुनौतीपूर्ण नै छ। सरकारको प्रस्तुती दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस बढ्दै गएको छ,’ उनले पूर्वराजालाई लक्षित गर्दै भने, ‘सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेका छन्। इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवास्वप्नमा छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईवटा नागरिकतामा ओलीको जवाफ- भूमिगतकालमा फ्याँके, पछि खोज्दा नभेटिएपछि अर्को बनाएँ

‘अस्ति मैले हेर्दै थिए केपी ओलीका दुईवटा नागरिकता, एउटा हरायो, म भूमिगत जाने बेलामा भागेर हिँड्ने बेलामा भएका प्रमाण नष्ट गर्ने बेलामा नागरिकता च्यापेर हिँड्छु त खल्तीमा? आफू को हुँ भन्नेकुरा लुकाएर हिँड्नुपर्ने बेलामा, केही नभएपनि मास्क लगाउनुपर्ने बेलामा, नागरिकता खल्तीमा हालेर हिँड्छ?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमतीको आत्मकथा लोकार्पण गर्दै ओलीले भने- राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो

‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होईन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। यसमा केही अन्य कुरा मिसिएको छैन्। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन्। म ढुक्क छु, साक्षी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामीले संसारकै राम्रो संविधान बनाएका छौं, यसको रक्षा गर्नुपर्छः गृहमन्त्री लेखक

‘डेमोक्रेसी भनेको अनुशासनको पद्धती हो अराजकताको पद्धती होईन भन्ने कुरा बुझ्न जरुरी छ। अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी हुन्छ। किनभने डेमोक्रेसीले दिनुपर्यो, बाँड्नुपर्यो। डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो। लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरू आवश्यक हुन्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राधिका शाक्यको गुनासो- हाम्रो घर ‘दरबार’ होइन

उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन्। उनले बालकोटको घर कसरी बन्यो भनेर एक-एक हिसाब बुझाउन तयार रहेको बताउँदै आफ्नै पसिना, मेहेनतले घर बनाएको बताइन्। ‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ। मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं। हामी कति वर्ष डेरामा बस्यौं त्यो  किताबमा छ। बालकोटको  घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु। दुई पैसा काहीँकतैबाट केही गरेर लिएका छैनौं। आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं। यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसमा पार्टी निर्णयविरुद्ध बोल्न र फरक मत राख्न प्रतिबन्ध!

श्रमको सम्मान गर्ने, श्रमशोषण नगर्ने, आफैं पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय, अत्याचारको विरोध गर्ने, सबै किसिमको विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अर्थात् आमूल परिवर्तनका लागि निरन्तर लागिपर्ने आचारसंहितामा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ बन्धक रिहा गर्दै हमास, नेपालका विपिन जोशीको छैन नाम

इजरायली सञ्चारमाध्यमका अनुसार ६ जना पुरुष बन्धकहरूलाई हमासले आज मुक्त गर्न लागेको हो। तर, नेपालका विपिन जोशी आज पनि रिहा हुने सूचीमा परेका छैनन्। नेपाल सकारको लगातारको कुटनीतिक पहल र प्रयासमा पनि विपिन जोशीको औपचारिक अवस्थाबारे पत्ता लाग्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतबाट फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालयले पढाउने

यसैबीच पूर्वाञ्चल विश्वविद्यालयले भने अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाइने जनाएको छ। सो प्रकरणपछि भुवनेश्वरस्थित सो विश्वविद्यालयमा पढ्न गएका ठूलो संख्यामा नेपाली विद्यार्थीहरू स्वदेश फर्किरहेको बेलामा पूर्वाञ्चल विश्वविद्यालयले अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

राजतन्त्र ल्याएर माओवादीलाई जेल कोच्छौंः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले राजतन्त्र ल्याएर माओवादीलाई कारागार काेच्ने बताएका छन्।   शुक्रबार कास्कीको पोखरामा आयोजित विरोध सभामा बोल्दै उनले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

त्रिविले सार्वजनिक गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विशेष अदालतले गरेको जलहरीको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

विशेष अदालतले त्रुटीपूर्ण फैसला सुनाएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण सफाइ दिएको दाबी गर्दै अख्तियारले शुक्रबार सर्वोच्च पुनरावेदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादीसँग मिलेर सामाजिक सञ्जाल विधेयक तयार पारेको प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग मिलेरै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा माओवादीसँगै मिलेर तयार पारेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किट कलेजका नेपाली विद्यार्थीहरूको खुलासा: हामीमाथि कुटपिट भयो

भारतको ओडिसास्थित कालिङ्गा ईन्सिटच्युट आफ ईन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली विद्यार्थीहरुले आफूहरूमाथि अपराधिक क्रियाकलाप भएको बताएका छन्। उनीहरूले स्थानीय प्रहरी र सुरक्षा गार्डले अमानवीय व्यवहार गरेको समेत बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं