सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गौर नगरपालिका वीपी चोकमा चेकजाँच गर्ने क्रममा अन्सारीको साथमा रहेको झोलाबाट प्रहरीले २५ लाख रुपैयाँ बरामद गरेपछि अनुसन्धान हुँदा उक्त रकमको आयस्रोत नखुलेपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागका अनुसार मुद्दा दायर गरिएकोमा रौतहटको गढीमाई ७ धनाडीका अजमतुल्लाह अन्सारी, राजकुमार साह र रन्धिर शाह रहेका छन् ।
अन्सारीसँग बरामद रकम तीनैजनाले योजनाबद्धरुपमा लुकाउने, छल्ने र बदल्ने प्रयास गरेको विभागको दाबी छ।उनीहरुविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।