स्पेनिस लिग ला लिगामा रियल मड्रिड पराजित भएको छ ।
आइतबार बिहान भएको खेलमा मड्रिड रियल माल्लोर्कासँग १–० गोल अन्तरले पराजित भएको हो ।
माल्लोर्काको जितमा लागो जुनियरले एक मात्रै गोल गरेका थिए । लागोले खेलको सातौ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।
खेलको ७४औ मिनेटमा रियल म्याड्रिडका अल्भारो ओड्रीओजोलाले रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।यस सिजनको ला लिगामा रियल म्याड्रिडको यो पहिलो हार हो ।
हारसँगै मड्रिड ९ खेलमा १८ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ । यता ९ खेलमा १९ अंक जोडेको बार्सिलोना लिगको शिर्ष स्थानमा .रहेको छ
त्यस्तै ग्रानडा ९ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ भने एटलेटिको म्याड्रिड पनि गएराती भलेन्सियासँग १–१ को बराबरी खेलेपछि ९ खेलमा १६ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।