मकवानपुरको बकैया गाउँपालिका – ३ जलजलेमा धारिलो हतियार प्रयोग गरी बुधबार राति एक जनाको हत्या गरिएको छ । हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।
गएराति बकैया गाउँपालिका ३ जलजले स्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धारिलो हतियार प्रहार गरेर घाइते भएकी सन्तमायाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो ।
घाइते हुने सन्तमायाको श्रीमान ५५ वर्षीय काल बहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तानको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुको टाउको, निधारमा चोट रहेको । लामो समयदेखि आपसी झै झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान रहेको छ ।
हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गएरातीनै हतियार सहित पक्राउ गरिसकेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीयले जनाएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया