सोमबार, १५ डिसेम्बर २०२५

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप थापा पक्राउ

News Image
फाइल तस्बिर
• • •

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोप विजय थापा पक्राउ परेका छन् ।

उनि चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक अनसन बस्दै आएका डा. गोविन्द केसीविरुद्ध अनसन बसेर चार्चामा आएका थिए ।

मंगलबार साँझ उनलाई महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले पक्राउ गरेको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिएका छन्। । प्रहरीका अनुसार थापा भदौ २९ गते डिन अग्रवालमाथि कालोमोसो दलेर फरार भएका थिए । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!