विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई नौ शुन्यले हराएको थियो ।
विश्वकप छनोट २०२२ अन्तर्गत चौंथो खेलमा नेपालले अहिले जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
जोर्डनको घरेलु मैदानमा जारी खेलको ५६ औं मिनेटमा नेपालले गोल खाएको छ ।जोर्डनले पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको हो । यसअघि पहिलो हाफ सकिँदासम्म नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
फिफा बरियतामा नेपाल भन्दा निकै माथि रहेको जोर्डनका अधिकांश प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।
प्रशिक्षक योहान कालिनले जोर्डनविरुद्धको खेलमा अष्ट्रेलियासँग खेलेका ३ खेलाडी परिवर्तन गरेका छन्।
जोर्डनविरुद्ध मुख्य फरवार्डमा विमल घर्ति मगरलाई राखिएको छ। अष्ट्रेलियाविरुद्ध अभिषेक रिजाललाई सुरुवाती-११ मा राखिएको थियो ।
यस्तै मिडफिल्डर विशाल राईको स्थानमा सन्तोष तामाङलाई प्लेईङ सेटमा राखिएको छ । डिफेन्डर रञ्जित धिमालको स्थानमा सुमन अर्याललाई पहिलो रोजाईमा राखिएको छ ।
विश्वकप छनोट अन्तर्गत नै २०११ मा भएको घरेलु मैदानको खेलमा जोर्डनले नेपाललाई नौ शुन्यले हराएको थियो ।
नेपालको प्लेईङ -११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, रबि पासवान
फरवार्ड : विमल घर्ति मगर
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया