फरवार्ड साञ्चेज तीन महिनासम्म मैदान बाहिर रहने

Photo Credit : Reuters

चिलीका स्टार फरवार्ड एलेक्सेस साञ्चेज तीन महिनासम्म मैदान बाहिर रहने भएका छन् ।

शनिबार कोलम्बियाविरुद्वको खेलमा पैतलामा चोट बोकेका साञ्चेज तीन महिनासम्म मैदान बाहिर रहने भएका हुन् ।

चिलीका प्रशिक्षक रिनाल्डो रुएडाले अन्तराष्ट्रिय खेलमा चोट बोकका साञ्चेज अर्को बर्षमात्र मैदान फर्कने बताएका हुन् ।'उनी ईन्टरको सल्यक्रियामा जानुपर्नेछ । दुई वा तीन महिना उनी मैदान बाहिर रहनेछन् ।' उनले भने ।

साञ्चेज प्रिमियर लिग क्लब म्याचेष्टर युनाईटेडबाट लोनमा यसै सिजन सिरि ए क्लब ईन्टर मिलान गएका थिए ।युनाईटेडमा रहदाँ मुख्य प्रशिक्षक आले गुनर सोल्सायर  साञ्चेजको प्रर्दशनमा असन्तुष्ट थिए ।

तर ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले साञ्चेजलाई निकै आश गरेर सिरि ए क्लबमा ल्याएका थिए ।

साञ्चेजले पछिल्लो हप्ता युभेन्ट्ससंग २–१ ले पराजित भएको खेल गुमाएका थिए ।

 

प्रकाशित मिति: : 2019-10-14 21:49:09

प्रतिकृया दिनुहोस्