ओलिभर जिराउडको निर्णायक गोलमा फ्रान्सले युरोकप छनौट २०२० अन्तर्गत आइसल्याण्डलाई पराजित गरेको छ ।
समुह एच अन्तर्गत शनिबार बिहान भएको खेलमा फ्रान्सले आइसल्याण्डमाथि १–० को जित हासिल गरेको हो ।फ्रान्सको जितमा ओलिभर जिराउडले खेलको ६६औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । यो गोलसँगै जिराउडले फ्रान्सका लागि ३७औ गोल गरेका छन् ।
यो जितसँगै फ्रान्सको ७ खेलमा १८ अंक रहेको छ । फ्रान्स दोस्रो स्थानआमा रहेको छ । पराजित आइसल्याण्डको ७ खेलमा १२ अंक रहेको छ ।
अब फ्रान्सले आगामी सोमबार शिर्ष स्थानमा रहेको टर्कीसँग खेल्ने छ । टर्की ७ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ।