सोमबार, १५ डिसेम्बर २०२५

आर्सनलका फरवार्ड औवामियाङ 'प्लेयर अफ दि मन्थ' चुनिए

News Image
तस्बिरः एजेन्सी
• • •

आर्सनलका फरवार्ड पिएरे इमरिक औवामियाङ इंग्लिस प्रिमियर लिगमा 'प्लेयर अफ दि मन्थ' चुनिएका छन् ।

३० वर्षीय औवामियाङ लिगको सेप्टेम्बर महिनामा उत्कृष्ट खेलाडी चुनिदै 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।यस अवार्ड जित्ने क्रममा गोबानका औवामियाङले ट्रेण्ड एलेक्जेन्डर आर्नोल्ड, केभिन डी ब्रुएन, सन ह्युङ मिन र रियाद महरेजलाई पछि बनाए ।


औवामियाङले सेप्टेम्बरमा ४ खेलमा ५ गोल गरेका थिए ।

यस्तै लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप 'म्यानेजर अफ दि मन्थ' घोषित भए । क्लोप लगातार दोस्रो महिना 'म्यानेजर अफ दि मन्थ' घोषित भएका हुन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!