सांघाई मास्टर्स: जोकोभिक र फेडेरर अन्तिम आठमा प्रबेश

तस्बिरः एजेन्सी

अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिक सांघाई मास्टर्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

चीनको संघाईमा बिहिबार भएको खेलमा जोकोभिकले १६ औं वरियताका इश्नरलाई ७–५ र ६–३ ले हराउँदै अन्तिम आठमा प्रबेश गरेकमा हुन् ।

यस्तै स्विस खेलाडी रोजर फेडेरर पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फेडेररले अन्तिम १६ मा बेल्जियमका डेभिड गोफिनलाई ७–६,९–७ र ६–४ ले हराए।

अब जोकोभिकले स्टेफानोससँग खेल्ने छन् भने फेडेररले एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् ।

प्रकाशित मिति: : 2019-10-10 22:12:27

प्रतिकृया दिनुहोस्