बुधबार, १७ डिसेम्बर २०२५

३२ वर्षदेखि अचार बेचिरहेकी उद्यमी हजुरआमा

News Image
• • •

२२ असोज, बुटवल । उमेरले ७२ वर्ष पुगिन् बसन्ती खत्री । तर, उनको जोश–जाँगर २७ वर्षिया युवतीको भन्दा कम छैन । उनी बुटबलमा अचार व्यवसायका लागि कहलिएकी छन् ।

सानो उमेरमै बर्मा र भारतमा बस्दा अचार बनाउन सिकेकी बसन्ती बुटवलमा पहिलोपटक अचार उद्योग खोल्ने महिला हुन् । २०४४ सालमा आफ्नै घरबाट उनले अचार बेच्न सुरु गरेकी थिइन् । २०५३ सालदेखि चाहिँ उनले यसलाई सातोतिनो उद्योगकै रुप दिइन् । उनको उद्योगमा बाह्रै महिना अचार खरिद गर्नेको घुइँचो नै लाग्छ । उनी आफै पनि कामदार सरह काम गर्छिन् । बुटवल क्षेत्रका होटेल, किराना पसलहरुमा पनि बसन्तीको अचार पुगेको हुन्छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!