युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले आज (बुधबार) राति इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह एफ मा रहेका बार्सिलोना र मिलानबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । यो खेलबाटै कप्तान लिओनल मेसी मैदान फर्किने भएका छन् ।
स्पेनिस मिडिया एएसका अनुसार ला लिगाअन्तर्गत भिल्लारियलविरुद्धको खेलमा घाइते भएका मेसी इन्टरसँगको खेलबाट मैदान फिर्किने भएका हुन् ।मेसीका साथै जोर्डी अल्बा पनि मैदान फिर्न सक्ने एएसले जनाएको छ ।
बार्सिलोनाले भिल्लारियालाई २–१ गोल अन्तरले पराजित गर्दा मेसी घाइते हुन पुगेका थिए ।
प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मेसी चोट सामान्य रहेपनि तीन खेल गुमाउन सक्ने बताएका थिए । तर, मेसीको सुधार हुनेक्रममा रहेकाले उनी इन्टरविरुद्ध मैदान उत्रिन सक्ने ‘एएस’को दाबी छ ।
यस समूहमा १ अंक जोडेको बार्सिलोना दोस्रो र १ अंक जोडेको इन्टर तेस्रो स्थानमा छ ।पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो । इन्टरले भने स्लाभियासँग ११ गोलको बराबरी खेलेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया