जर्मन कल्ब बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा प्रिमियर लिग क्लब टोटनह्याममाथि गोलको बर्षा गरेको छ । समुह बि अन्तर्गतको खेलमा बायर्नले टोटनह्यामलाई ७–२ गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा बायर्नको जित दिलाउन सेर्जी गनाब्री एक्लैले ४ गोल गरेका थिए । त्यस्तै रोबेर्ट लेवानडोस्कीले २ गोल अग्रे भने एक गोल जोशुआ किमिचले गरेका थिए । टोटनह्यामका लागि सन हयूंग मिन र ह्यारी केनले समान एक एक गोल गरेका थिए ।
खेलको १२ औ मिनेटमा नै घरेलु टोली टोटनह्यामले सन मार्फत गोल गर्दे १–० को अग्रता लिएको थियो । तर बायर्नले खेलको १५ औं मिनेटमा नै गोल फर्कायो । उसका लागि किमिचले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्सपछि खेलको ४५ औं मिनेटमा लेवानडोस्कीले गोल गर्दै बायर्नलाई पहिलो हाफ १–२ को अग्रता दिलाए ।
त्यपछि बायर्नका गनाब्रीले खेलको ५३औं, ५५औं मिनेटमा गोल गर्दै अग्रता १–४ मा पुर्याए । खेलको ६१ औं मिनेटमा टोटनह्यामका लागि केनले गोल गर्दै गोल अन्तर २–४ मा झारे । तरखेलको ८३ औं मिनेटमा पुनः गनाब्रीलेले गोल गर्दै ह्याटिक पुरा गरे । खेलको ८७ औं मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले २–६ को अग्रता बनायो । त्यस्तै खेलको ८७ औं मिनेटमा गनाब्रीलेले व्यक्तिगत गोल चौथो गोल गर्दा बायर्नले फराकिलो जित हात पार्यो ।
यस जितपछि समुह बि मा बायर्न म्युनिखले आफ्ना दुवै खेल जितेर ६ अंक हासिल गरेको छ भने टोटनह्यामको भने २ खेलमा केबल एक अंक रहेको छ ।