एसियन शारीरिक सुगठनमा दुई पदक जितेकी रजनीले 'डेढ लाख' पाउने

फाइल तस्बिर

इन्डोनेसियामा जारी ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जितेकी रजनी श्रेष्ठ नगदबाट पुरस्कृत हुने भएकी छिन् ।

रजनीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट १ लाख ५० हजार रकम दिने भएका हुन्। अध्यक्ष श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै नगदबाट पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

सोमबार रजनीले दुई फरक विधामा पदक जितेकी थिइन् ।रजनीले ५५ केजी तौल समूहमा भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पारेकी हुन्। जसमा भियनामकी तोन होयाङ पहिलो भइन्। यस्तै ३० वर्षभन्दा माथिको समूहमा समेत उनै भारतकी ब्रम्हाचारी अमला प्रदिपलाई पछि पार्दै कास्य जितेकी थिइन्। 

रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।

प्रकाशित मिति: : 2019-10-01 17:38:35

प्रतिकृया दिनुहोस्