कतारमा आयोजना हुने फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपाली टिमको घोषणा गरेको हो । समूह बी मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ ।
पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोरेको थियो । तर, दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले हराएको थियो । यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ ।
अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ । ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहिन ताइपे पुछारमा रहेको छ ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल,सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी
मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई,अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ,विमल घर्तिमगर