सभामुख महराले दुर्व्यवहार गरेको भनिएकी महिला 'रोशनी शाही' भएको खुलासा

रोशनी शाही- आफैंदे खुलाएको परिचय ! तस्बिर : रोशनीको फेसबुक ।

नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले दुर्व्यवहार गरेकी भनिएकी महिलाले आफ्नो परिचय सार्वजनिक गरेकी छिन् । उनले आफूलाई रोशनी शाहीका नाममा परिचय दिएकी छिन् ।

अन्नपूर्ण पोष्टमा आएको 'सभामुखमाथि बलात्कारको आरोप : महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (पूर्णपाठ)' मा उनले प्रतिक्रिया दिदै लेखेकी छिन्- 'आरोप हैन सत्यता हो डिल्लि मल्ल को सभामुख बचाउ बिज्ञप्ति झुठा हुन् भाचिएको चस्मा सुरक्षित छ आत्तिनु पर्दैन र झुठो खराफाति कुरा नगर्नु अझ बढि खाल्डो खनिएला होस गर्नु ।'

संसद सचिवालयको परिचयपत्रमा प्रस्तुत भएकी उनले सभामुख महरालाई थप चुनौति नै दिएकी छिन् । 

उनका एक फेसबुक फ्रेण्ड पत्रकार मातृका पौडेलले यस्तो स्टाटस लेखेका छन्- 

हैटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटटट
बाहेक केही भन्न सकिएन

दिमाग रन्थनिएको अवस्था

चीज किल्लोर हुँदै गर्ला तर थ्रिलरलेनै हल्लाइदियो 

अनलाइन खबरका डेपुटी एडिटर समेत रहेका पौडेलको यो स्टाटसले पनि धेरै कुराको लख काट्न सहयोग पुर्याउँछ । 

तर, पौडेल नै जिम्मेवार भूमिकामा रहेको अनलाइन खबरमा भने यो शीर्षकमा समाचार आएको छ-

सभामुखमाथि लाग्यो गम्भीर आरोप, महरा भन्छन्– कर्मचारीले समायोजनको रीस पोखिन् 
नेपालको अग्रणी न्यूज पोर्टल अनलाइन खबरले रोशनीसँग पनि सम्पर्क स्थापित गरेर समाचार बनाएको छ । उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको शिकार भएको दाबी गरिन् - अनलाइन खबरको समाचारमा उल्लेख छ ।

समाचारमै सभामुख महरासँग  ‘तपाईमाथि त गम्भीर आरोप लागेको सुनियो, यो लफडा के हो ?’ भनेर प्र्शन सोधिएको र त्यसको जवालमा उनले यसो भनेको जनाइएको छ-  ‘यो केही होइन, समायोजनमा बाहिर सरुवा गरिदियो, यहीँ यतै जसरी पनि मिलाइदिनुपर्‍यो भन्ने वहाँ, तर अब समायोजन गर्छ सामान्य प्रशासनले । यता कुनै दरबन्दी छैन स्वास्थ्यको । यसैमा उहाँले हाम्रोचाहिँ ऊ गर्ने भनेर बोल्नुभयो, मैले नआत्तिनोस् फेरि काजमा ल्याउँला नि पछि, भन्या त्यही हो ।

(सामान्यत: पत्रकारितामा पीडितको परिचय खुलाउनु पत्रकारिताको धर्म विपरित हो । तर, यहाँ पीडित आफैंले आफ्नो परिचय खुलाएकाले हामीले समाचार बनाएका छौं । - सम्पादक )

प्रकाशित मिति: : 2019-10-01 05:18:12

प्रतिकृया दिनुहोस्